ह्वात्तै बढयो सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

काठमाडौं, ३१ साउन

नयाँ आर्थिक वर्षको पहिलो महिना सकिनै लाग्दा साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । छापावाला सुनमा रुपैयाँ १००० तथा चाँदीमा २० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन रुपैयाँ १००० ले बढेर प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार तेजाबी सुन प्रतितोला ८९ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनु्सार चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ । यसरी बृद्धि भएको चाँदी प्रतितोला १ हजार २०५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...