गायन सँगै अभिनयमा सन्तोष बस्याल, “माछापुच्छ«े हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक

पोखरा साउन २९

गायक सन्तोष बस्यालको “माछापुच्छ«े हिमचुलीको” म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार रामजी घिमिरेको शब्द र सागर शाह ‘एनजे’ को संगीत रहेको गीतको म्युजिक भिडियोलाई शुक्रबार सार्वजनिक गरिएको हो ।

भिडियोमा गायक सन्तोष सँगै मोडल शर्मिला अधिकारी, वर्षा क्षेत्री, सबिन गायक र नबु सुवेदीको अभिनय रहेको छ । म्युजिक भिडियोलाई चर्चित निर्देशक नेत्र गुरुङले निर्देशन गरेका हुन् । पोखरा आसपासका रमणीय स्थानमा छायाँकन गरिएको म्युजिक भिडियो नेत्र इन्टरटेन्मेन्टको अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको होे ।

गीतमा पोखराको महिमालाई प्रस्तुत गरिएको गीतकार रामजी घिमिरेले बताए । “करिब दुई वर्ष अगाडि नै हामीले गीतको अडियो रेकर्ड गरेका थियौं । मेरो आफ्नै व्यस्तताका कारण अष्ट्रेलिया जानुपर्ने भयो । त्यसपछि काम रोकियो । गत वर्ष हामीले म्युजिक भिडियो छायाँकन ग¥यौं । कोरोना महामारीका कारण रिलिज रोकियो । अहिले आएर समय जुरेको छ ।”, उनले भने ।

संगीतकार सागर शाह एनजेले रामजी घिमिरे आफुले चिनेको पुराना गीतकार भएको उल्लेख गरे । पोखरा सम्बन्धी गीत निर्माण गर्ने चाहना आफ्नो पहिले देखि भएको र समय अहिले जुरेको उनले बताए । उनले भने, “गीतकार आदरणीय दाई रामजी घिमिरेलाई मैले पहिले देखिनै चिन्थे । उहाँले मलाई सँगै मिलेर काम गर्नुपर्छ भन्दै आउनुहुन्थ्यो । आज ‘माछापुच्छ«े हिमचुलीको’ गीत मार्फत यो अवसर मिलेको छ ।” हाल आफु विदेश रहेता पनि संगीत गरेको गीत सार्वजनिक हुँदा खुशी लागेको उनले बताए । उनले गायक सन्तोष बस्यालको गायिकीको प्रशंसा गरेका छन् ।

गायक सन्तोष बस्याल अग्रज गीतकार र संगीतकारसँग सहकार्य गर्न पाउँदा खुशी छन् । उनले पोखरामा बसेर पोखराको गीत गाउने रहर आफ्नो पहिले देखिको भएता पनि अहिले आएर सपना पुरा भएको बताए । “पोखराको गीत गाउने सपना पहिले देखिको थियो । १० वर्षको पोखरा बसाईको यात्रामा अहिले सम्म समय जुरेको थिएन । गीतकार रामजी घिमिरे बुवाको शब्द मार्फत त्यो अवसर जुर्योे । यो गीत रिलिज हुँदा संगीतकार आदरणीय दाई सागर शाह एनजेलाई धेरै सम्झिरहेको छु ।”गीतले पोखरेलीको मन छुनेमा बस्याल विश्वस्त देखिन्छन् ।

म्युजिक भिडियोका निर्देशक नेत्र गुरुङले गीतको मर्मलाई मर्न नदिने गरी भिडियो निर्माण गरिएको जानकारी गराए । उनले भने, “गीतले खोजेको विषयवस्तुलाई पस्कने जमर्को गरेका छौं । गायक रुपमा चिन्दै आएका सन्तोष बस्यालले अभिनयमा समेत राम्रो गरेका छन् ।” यस्ता गीत आजको भोली नै हिट हुने भन्दा पनि भेगीय रुपमा मन पराइने भनाई उनको छ । गुरुङले ‘माछापुच्छे« हिमचुलीको’ गीतले पोखराको माटो बोलेको बताए । म्युजिक भिडियोलाई नेत्र गुरुङले छायाँकन गरेका हुन् ।

गायक सन्तोष बस्यालको यसअघि ‘मैले तिमीलाई माया गर्दा’, ‘रेशम फिरीरी’, ‘ढाट्यो मायाले’, ‘एउटै मुटु’ लगायतका गीत सार्वजनिक भइसकेका छन् । छिट्टै नै बस्यालको संगीत र आवाज रहेको ‘बस है प्यारी’ सार्वजनिक हुँदैछ । छायाँकनको काम सकेर सम्पादन कार्य भइरहेको बस्यालले जानकारी गराए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...