गण्डकी प्रदेश सभामा प्रमुख सचेतकमा ओमकला, सचेतकमा भगवतप्रकाश


पोखरा साउन २८
गण्डकी प्रदेश सभामा सत्तारुढ नेपाली कांग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् । दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् ।
पहिलेका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा सचेतक गौतम नियुक्त भएकी हुन् । यसैगरी सचेतक पदमा स्याङ्जाका भवगतप्रकाश मल्ल नियुक्त भएका हुन् ।
सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त भएका हुन् । नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेलको नेतृत्वमा गण्डकीमा सरकार बनेपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...