समाजसेवी भण्डारीको निधन

पोखरा, २८ साउन
पोखरा महानगरपालिका वडा नम्बर २८ (साविक कालिका गाविस वडा नम्बर ३) सिद्धीपुरका समाजसेवी वासुदेव भण्डारीको निधन भएको छ ।
जिब्रोमा घाउभएपछि उपचारका लागि चितवनको भरतपुरस्थित क्यान्सर अस्पताल लगिएकोमा उहाँको उपचारकै क्रममा बिहीबार बिहान ७ बजे ९२ वर्षको उमेर निधन भएको भण्डारीका छिमेकी गणेश भुजेलले जानकारी दिनुभयो । उहाँको बिहीबार नै चितवनस्थित देवघाटमा अन्त्येष्टि गरिएको छ ।
भण्डारी साविक कालिका गाविस वडा नम्बर ३ को वडाध्यक्ष, सिद्ध आधारभूत विद्यालय र जनज्योति माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गर्नुभएको उहाँका नाती होममणि भण्डारीले जानकारी दिनुभयो । स्वर्गीय भण्डारीका ३ छोरा, २ छोरी हुनुहुन्छ ।