गण्डकीमा ६५४ जनामा कोरोना संक्रमण पुष्टि, थप ७ को मृत्यु

पोखरा साउन २८

गण्डकी प्रदेशमा थप ६५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २५६ जनामा गरिएको नमूना परीक्षणमा ६५४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये ३२४ महिला र ३३० जना पुरुष रहेका छन् ।

प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार कास्की २५५, बागलुङ ९७, स्याङ्जा ५८, म्याग्दी १२, पर्वत २२,गोरखा ३९, लमजुङ ६ तनहुँमा १०२ र नवलपुरमा ६३ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ५१५ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१५ का ६० बर्षिय पुरुष, पोखरा–१६ का ८५ बर्षिय पुरुष, पोखरा –३३ का ७६ बर्षिय पुरुष, पोखरा–१० का ५३ बर्षिय पुरुष, पोखरा–२९ का ५२ बर्षिय पुरुष, पोखरा–१४ की ६४ बर्षिय महिला र पोखरा–१३ की ७६ बर्षिय महिला रहेका छन । बिहिबार मुत्यु हुने ७ साता सवै पोखरा महानगर क्षेत्रका हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १६१ जना पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म ६६ हजार ९०७ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा आइतबार मात्र संक्रमणमुक्त हुनेको संख्या ३३२ रहेको छ ।गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ४४७ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...