कर्मचारी हितका लागि गरिएका सहमति कार्यान्वयन गर्न काँग्रेस बाट निर्वाचित वडाध्यक्षहरुको माग

पोखरा, २८ साउन

पोखरा महानगरपालिका दलको नेता तथा सचेतक (ने.का) रामराज लामिछानेले बिहीबार विज्ञप्ति प्रकाशित गरी कर्मचारीको हितका लागि विगतमा गरिएका सहमति कार्यान्वयन गर्न माग गर्नुभएको छ ।नगर सभाको दिन बिहान पोखरा महानगरपालिकाका प्रमुखको कार्य कक्षमा उहाँकै अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत, दुवै दलका नेता तथा सचेतक, प्रवक्ता ,ने.कातर्फ दलका उप–नेता र प्रशासन प्रमुख बीच कर्मचारी हितको विषयमा गरिएका सहमतिलाई तोडमोड गरिएकोमा आपत्ती जनाइएको छ ।

सहमति कार्यान्वयन गर्नुको साटो प्रमुख प्रशासकीय अधिकृतबाट तोडमोड गरी सहमति कार्यान्वयन नगर्ने खालको गतिविधि गरिएको भन्दै आपत्ती जनाइएको छ ।विज्ञप्तिमा विगत २०–२२ वर्ष देखि अस्थायी, करारमा रही कार्यरत सबै कर्मचारीहरुलाई योग्यताका आधारमा तत्काल स्थायी गर्न, स्थानीय तहका कर्मचारीहरुलाई एक तह बढुवा गरी समायोजन गर्न माग गरिएको छ ।

त्यस्तै, स्थायी पदमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा साविकको स्थानीय निकायले प्रदान गरेको भन्दा कम नहुने गरी संशोधन गर्न र अस्थायी, करार, सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीहरुले पाउने अवकास सुविधा ज्यादै न्युन भएकाले एकमुष्ट उचित रकम दिने व्यवस्था गर्न माग गरिएको छ ।विज्ञप्तिमा आफूहरु सदैव कर्मचारीको हितको पक्षमा रहेकाले कर्मचारीको मनोबल उच्च बनाउनुपर्ने उल्लेख छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...