सवारी करबाट कास्कीमा १ अर्ब राजश्व संकलन

पोखरा २७, साउन

कास्कीमा सवारी करबाट एक अर्ब राजश्व संकलन भएको छ । यातायात व्यबस्था कार्यालय सवारी कस्कीले गत आर्थिक बर्ष २०७७÷०७८ मा १ अर्ब २ करोड राजश्व संकलन भएको कार्यालयका प्रमुख डिल्लिराम रिजालले बताए ।

अघिल्लो आर्थिक बर्ष २०७६÷०७७ मा गण्डकी प्रदेश अन्र्तगत रहेको कार्यालयले ८५ करोड मात्र राजश्व संकmलन गर्न सफल भएको प्रमुख रिजालले जनाए । कार्यालयको १८ करोड बार्षिक आयकर रहेको उनले जनाए । यस आर्थिक बर्षमा करिब २ लाख जना सेवाग्राही रहेको कार्यालयमा कहिले काहि भने एकै दिनमै एक करोड भन्दा बढी राजश्व समेत संकलन हुने गरेको रिजालले बताए । गत आर्थिक बर्षमा सानो तथा ठुला गरी करिब २४ हजार वटा नयाँ सवारी साधनहरु दर्ता भएको उनले जनाए ।

यातायात व्यबस्था कार्यालय सवारी कस्कीमा हालसम्म सानो दुई पाङग्रे सवारी साधन मोटरसाइकल तथा स्कुटर २ लाख र चार पाङग्रे सवारी साधन भने ६० हजार रहेको कार्यालयले जनाएको छ । कार्यालयबाट थप प्रभावकारी सेवा संचालन गर्न सके र दर्ता गरेका सवै सवारी साधनहरुलाई नविकरण गराउन सके थप ५० करोड भन्दा बढी राजश्व संकलन गर्न सकिने रिजालले जनाए । कास्कीमा सवारी साधनहरुको लागि निषेधाज्ञा खुलेको ६० दिन भित्र कुनै पनि सवारी साधनको नविकरण तथा कर तिर्नु पर्ने अन्यथा थत दस्तुर लाग्ने भएको कार्यालयले जनाएको छ ।

कार्यालयमा बिचौलियाको कारण सेवाग्राही प्रभावित हुने गरेको समेत उनले जनाए । प्रदेश अन्र्तगत नवलपुर र बागलुङमा समेत यातायात व्यबस्था कार्यालय सवारी रहेका छन् । समग्र प्रदेशमा सवारीबाट मात्र गत बर्ष करिब १ अर्ब ३७ करोड रुपैया राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...