गण्डकी प्रदेशको १ अर्ब ६५ करोड बजेट बेरुजू

पोखरा २५, साउन

गण्डकी प्रदेशको १ अर्ब ६५ करोड ४७ लाख बजेट बेरुजु रहेको छ । गण्डकी प्रदेशमा आर्थिक बर्ष २०७५÷०७६ मा १३ अर्ब ९२ करोड बजेट खर्च हुँदा उक्त बजेट बेरुजू रहेको गण्डकी प्रदेश लेखा नियन्त्रक कार्यालयलका प्रमुख इन्द्र प्रसाद पौडेलले बताए ।

उनका अनुसार सवै भन्दा बढी भौतिक पुर्वाधार विकास योजना मन्त्रालयको बढी बेरुजू देखिएको छ । उक्त मन्त्रालयको १ अर्ब ४६ करोड बेरुजु रहेको प्रमुख पौडेलले जनाए । त्यसैगरी भूमि व्यबस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको ७ करोड ३७ लाख, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५ करोड २६ लाख, सामाजिक विकास मन्त्रालयको ५ करोड ७२ लाख रुपैया बेरुजु रहेको पौडेलले बताए ।

उक्त बेरुजु रकम मध्य ७ करोड ४८ लाख रुपैया असुल उपर गर्नुपर्ने देखिएको गण्डकी प्रदेशको अर्थ मन्त्रालयका सचिव रमेश केसीले बताए । २८ करोडको प्रमाण पेश गर्नुपर्ने, १५ करोड नियमित र १ अर्ब १२ करोड पेस्की देखिएको उनले जनाए । महालेखाले हौलाएको असुल उपर गर्नुपर्ने रकम एक बर्षमा असुल उपर गर्नुपर्ने सचिव केसीले जनाए । गत चैत्र महिनामा बेरुजु सार्वजनिक गर्नुपर्नेमा कोरोनाको प्रभावले गर्दा केही महिना ढिलो भएको प्रदेश लेखा नियन्त्रक पौडेलले बताए । भौतिक पूर्वाधारको मोविलाइजेसन रकम केही भुक्तानी भएको केही ठेक्का पेस्किको रुपमा फस्यौट भएको पौडेलले जनाए ।

उनका अनुसार आर्थिक बर्ष २०७६÷०७७ को बेरुजुको प्रतिवेदन केही महिना पछि आउने तथा आर्थिक बर्ष २०७७÷०७८ करिब ८ महिना पछि आन्तरिक लेखापरिक्षण गरेर बेरुजु बजेट सार्वजनिक गर्ने भएको छ । सामान्यतया बेरुजु देखिएको रकम ढिलोमा २÷३ बर्षमा फस्यौट नभएमा ताकेता गर्दा पनि भुक्तानी नभएमा जायजेथा असुल उपर गर्ने प्रचलन रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...