नेप्से सामान्य बढ्यो, जलविद्युत् समूहमा हरियाली कायमै

काठमाण्डौ साउन २५
शेयर बजार परिसूचक नेप्से आज सोमवार पनि सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर तीन हजार एक सय नौ दशमलव ६६ विन्दुमा पुगेको छ ।

गएको केही दिनदेखि उत्साहजनक रूपमा बढेको जलविद्युत् समूह आज पनि लयमै रहेको छ । जलविद्युत् समूहको शेयर आज एक सय १९ अङ्कले बढेको छ, यस्तै फाइनान्सको ९१, निर्जीवन बीमा समूहको ३९, जीवन बीमा समूहको ४८ र अन्य समूहको शेयर साढे आठ अङ्कले बढेको छ । बैंक, विकास बैंक, होटल, व्यापार, उत्पादन र लगानी समूहको शेयर भने घटेको छ ।

आज आईसीएफसी फाइनान्स, कर्पोरेट विकास बैंक, हिमालयन पावर पार्टनर, ङादी ग्रुप पावर, नेपाल हाइड्रो, युनियन हाइड्रो, युनियन लाइफ इन्सोरेन्स र जीवन विकास लघुवित्त गरी आठ कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

आज दुई सय २४ कम्पनीका दुई करोड ५३ लाख ९३ हजार कित्ता शेयर १४ अर्ब १३ करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ६७ करोड ४८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । उज्यालोको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...