मौद्रिक नीति यसै साता सार्वजनिक तयारी


काठमाडौं, २५ साउन
नेपाल राष्ट्र बैंकले यही साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति शुक्रबारसम्म सार्वजनिक गर्ने गरी आवश्यक तयारी भएको बताइएको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो साताभित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी रहेको बताए ।सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सघाउ पुग्ने गरी केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्ने गरेको छ ।

आर्थिक वर्षको अन्त्य हुनै लागेका बेला नयाँ सरकार गठन भएपछि सरकारी नीति र बजेट संशोधन हुन सक्ने भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमा ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकमा हाल गभर्नर महाप्रसाद अधिकारी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...