आजदेखि ‘कोभिसिल्ड’को दोस्रो डोज लगाइदै

काठमाडौं साउन २५

कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई सोमबारबाट दोस्रो मात्राको खोप लगाउन शुरु गरिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाका प्रमुख डा। झलक गौतमले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दिन लागिएको बताइएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने बताए ।

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिन लागिएको हो। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ। स्वास्थ्य मन्त्रालयले आजदेखि खोप अभियान चल्ने जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयलको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।

भारतबाट खरिद गरिएकोमध्ये १० लाख खोप आउन बाँकी छ। यसैगरी, भारतबाट नेपाली सेनालाई १ लाखसहित अनुदानमा ११ लाख कोभिशिल्ड खोप प्राप्त भएको छ। चीनबाट पटक पटक गरेर २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...