छ भनेर नसक, छैन भनेर भोकै नबस भन्ने मान्यता अनुसार काम गर्न प्रदेशका सचिवहरुलाई अर्थ मन्त्री बरालको निर्देशन


पोखरा २५ , साउन


गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन) ले छ भनेर नसक, छैन भनेर भोकै नबस, भन्ने मान्यता अनुसार काम गर्न प्रदेशका सचिवहरुलाई निर्देशन दिएका छन्। आर्थिक बर्ष २०७८÷०७९ को बजेट कार्यान्वय सम्बन्धमा प्रदेश मन्त्रालयका सचिवहरुसंग आइतबार अर्थ मन्त्रालयमै भएको छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले थोरै श्रोत साधनका बाबजुत पनि अधिकतम प्रतिफल दिने गरी लाग्न सचिवहरुलाई निर्देशन दिएका हुन्।

विनियोजन गरिएको बजेट सम्बन्धित योजनामा निश्चित समय भित्र कार्यन्वय हुन स्थिती नदेखिएमा अविलम्ब सलेण्डर गरी आवश्यकता अनुरुप विनियोजन गर्न समेत मन्त्री बरालले सुझाव दिएका छन्।

न्यून बजेट हुँदा हुदै पनि प्रतिफल प्राप्तीका लागि इमानदारी पुर्वक लाग्नका निम्ति, बेरुजु कम गर्न, श्रोत साधनका अपुगका बिच पनि एकरुपता ल्याउनका निम्ति प्रयास गर्न, कार्यविधि नियम अनुरुप नै चल्ने संस्कारलाई प्रबद्र्धन गर्न, कान्वयनमा कुनै उर्जन तत्काल संसोधनको लागि प्रकृया अघि बढाउनु पर्ने अबस्था भए पनि अविलम्ब अघि बढाउनु पर्ने मन्त्री बरालको भनाई थियो।
चालु खर्चमा बृद्धि, बहुबर्षीय धेरै योजना बजेट कम हुदा बजेट व्यबस्थापनमा समस्या, योजना प्रथामिकीकरण गर्ने समस्या, पुर्वाधारको कमी, भवन आवास सहितको कमी, प्राकृतिक प्रकोपबाट क्षेति पुगेका पूर्वाधारमा बजेट न्यूनतम, कोभिडको समस्या, बजुरुमा बृद्धि लगायतका समस्याले गर्दा बजेट कार्यान्वयनमा थप समस्या भएको सचिवहरुले मन्त्री समक्ष गुनासो गरेका थिए ।

मन्त्री बरालले चालु खर्च घटाउने बिषयमा गम्भिर हुन आग्रह गर्दै जनतालाई सेवा छिटो छरितो, पारदर्शी र सुसासन कायम गर्न समेत केन्द्रित हुने गरी काम गर्न आग्रह गरे ।


कार्यक्रममा ११ वटै मन्त्रालयका सचिवहरुको उपस्थिती रहेको थियो । गण्डकी प्रदेशमा गत आर्थिक बर्ष २०७७÷०७८ मा करिब ७३.६३ प्रतिशत कार्यप्रगती भएको अर्थ मन्त्रालयका सचिव रमेश केसीले बताए । उनका अनुसार गत बर्ष १२.७ प्रतिशत अर्थात १ अर्ब ६४ करोड बेरुजु देखिएको छ । १३ अर्ब खर्च हुदा उक्त बेरुजु देखिएको मन्त्रालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...