जापानबाट आइपुग्यो तीन लाख डोज खोप, बाँकी एक हप्तापछि आउने



काठमाण्डौ साउन २४

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको तीन लाख डोज खोप आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको तीन लाख डोज खोप आइपुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले जानकारी दिनुभयो । जापानले नेपाललाई १६ लाख डोज एस्ट्राजेनेकाको खोप दिने बताएको थियो । जापानबाटै हिजो शनिबार पाँच लाख मात्रा खोप आएको थियो । बाँकी खोप एक हप्तापछि आउने मन्त्रालयले जनाएको छ ।

यसअघि शुक्रबार भुटानबाट दुई लाख ३० हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको थियो । जापानबाट प्राप्त खोप पहिलो मात्रा लगाएका नागरिकलाई लगाइनेछ ।

अहिलेसम्म खरिद र अनुदान गरेर झन्डै एक करोड डोज खोप नेपाल आइपुगेको छ । नेपालले ६० लाख डोज खोप खरिद गरेको छ । चीनबाट ४० लाख डोज भेरोसेल र भारतबाट २० लाख डोज कोभिशिल्ड खोप खरिद गरिएको छ । भारतबाट खरिद गरिएकामध्ये १० लाख डोज खोप अझैसम्म आपूर्ति भएको छैन ।

यसैगरी भारतबाट अनुदानमा ११ लाख डोज कोभिशिल्ड ९नेपाली सेनासहित० प्राप्त भएको छ । चीनबाट १८ लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ । यस्तै गाभीबाट तीन लाख ४८ हजार डोज कोभिशिल्ड र अमेरिकाबाट १५ लाख ३४ हजार डोज जे एन्ड जे खोप अनुदानमा प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

खोपको नियमित आपूर्ति हुन थालेपछि सरकारले खोप केन्द्र पनि थप गरिएको छ । खोप केन्द्रमा भिडभाड देखिएको र खोप लगाउनेबाटै सङ्क्रमण फैलन सक्ने देखिएपछि सरकारले एक हजार चार सय ३ ३ खोप केन्द्र थप गरेको हो । पहिले दुई हजार नौ सय ८९ खोप केन्द्र भएकामा अहिले त्यो सङ्ख्या चार हजार चार सय २२ पुर्‍याइएको छ । काठमाण्डौ उपत्यकामा ८३ खोप केन्द्र थप गरी एक सय ४९ पुर्‍याइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...