सामान्य ०.६६ अंकले बढ्यो नेप्से, हाइड्रोमा देखियो लगानीकर्ताको आकर्षण

काठमाडौं, २४ साउन

साताको पहिलो दिन आईतबार प्रिओपन सेसनबाटै हरियो संकेत दिएको शेयर बजारले बजार बन्द हुन अगाडीको अधिकांश समयमा हरियै संकेत देखाए जस्तै अन्ततः बजार बन्द हुँदाको समयसम्म आउँदा पनि उकालो लागेको देखियो । कारोबार रकम पनि सन्तोषजनक रहेको छ भने लगानीकर्ताको आकर्षण हाइड्रोपावरतर्फ देखिएको छ ।

नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेर ५७८.०९ विन्दुमा पुगेको छ ।

कुल २२७ कम्पनीको शेयर कारोबार भएको छ । २ करोड ६९ लाख ९६ हजार ३१६ कित्ता शेयरको खरिदबिक्रीबाट १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार ८८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आईतबार व्यापार उपसमुहतर्फ ०.९९ प्रतिशत, होटल तथा पर्यटनतर्फ १.०६ प्रतिशतले गिरावट आएको छ । नीर्जिवन बीमातर्फ १.३८ प्रतिशतले घटेको छ ।

यस्तै अन्य उपसमूहतर्फ ०.९६ प्रतिशत, माइक्रोफाइनान्सतर्फ १.२७ प्रतिशत, जीवन बीमातर्फ ०.५६ प्रतिशत र लगानी उपसमूहतर्फ ०.०३ प्रतिशतले घटेको छ ।

हरियो लागेका कम्पनीहररु ६ वटा रहेका छन् । बैंकिङ शून्य प्रतिशत बृद्धिमा देखिएको छ । विकास बैंकतर्फ १.३२ प्रतिशत, हाइड्रोपावरतर्फ ३.३३ प्रतिशत, फाइनान्सतर्फ ०.८१ प्रतिशत, उत्पादनतर्फ ०.०४ प्रतिशत र म्युचुअल फण्ड उपसमूहतर्फ ०.०२ प्रतिशतले बृद्धि भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीेको ८१ करोड ८५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...