विकास नेपालद्धारा कास्कीका १६० घर परिवारलाई राहत सामाग्री प्रदान


पोखरा,साउन २३ गते

कोभिडबाट प्रभावित भएका विपन्न समुहलाई विकास नेपालले कास्की का विभिन्न स्थानमा राहत सामाग्री प्रदान गरेको छ । वितरित सामाग्रीहरु कास्कीका १६० घर परिवारलाई स्थानीय पदाधिकारीहरुको रोहवरमा हस्तान्तरण गरिएको छ कास्कीको मादी गाँउपालीका ,अन्नपुणर् गाँउपालीका र पोखरा महानगरपालीकाको वडाहरु ९,१५ र २० मा उक्त सामागी्रहरु बितरण गरीएको हो ।
बितरीत समागी्रहरुमा २५ केजी चामल , तीन केजी दाल, तीन केजीे, चिनी तिन केजी नुन, दुई केजी चना,चिउरा ,सावुन ४ पीस लगायत स्वास्थ्य सामाग्रीहरु मास्क, स्यानीटाइजर लगायत ९ प्रकारका सामाग्री रहेको विकास नेपालका अध्यक्ष डा। बुद्धीबहादुर थापाले जानकारी दिए । बितरीत सामागी्र प्रति व्यक्ति ३ हजार ८ सय रुपैयाँको ्र रहेको छ ।

उनले कोभिडबाट प्रभावित भएका परिवार र विपन्न परिवारमा उक्त सामाग्रीहरु हस्तान्तरण गरीएको वताए । त्यसै गरी मादी गाँउपालीका ५ का वडा अध्यक्ष रतन गुरुङ्गले वितरीत सामागी्रहरु गुणस्तरीय भएकाले विपन्न परिवारका लागी थोरैभएपनी राहात भएको बताए । त्यसै गरी समाजिक कार्यकर्ता टिकाराम सापकोटाले विकास नेपालको राहत लक्षित बर्गलाई समेटेको भन्दै धन्यवाद दिए ।


यसै गरी अन्नपुणर् गाँउपालीकाको वडा नम्वर १ मा आयोजित राहत वितरण कार्यक्रमा वोल्दै वडा अध्यक्ष भरतजङ्ग कुवँरले शहरी क्षेत्रको नजिक भए पनि अन्नपुणर्मा बिपन्न वर्ग धेरै भएपनि सिमित वर्गलाई समेटिएको वताए । कार्यक्रममा विकास नेपालका सल्लाकार रमेश पौडेल, उपाध्यक्ष विमला कुमारी के सी लगायतले वोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...