अब हुने सबै परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं साउन २२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।कोभिड–१९ संक्रमण फैलदै गएकाले परीक्षा रोक्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

शुक्रबार नै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विट गर्दै विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षा संवेदनशील हुँदै परीक्षा रोक्न सिफारिस गरेको बताउनुभएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु,’ उहाँले लेख्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...