पोउवा संघका कार्यसमिति सदस्य बलरामको काडमाडौंमा निधन

पोखरा साउन २१
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम तिमिल्सिनाको निधन भएको छ । करिब १ महिनाअघि कोभिड–१९ को संक्रमण देखिएपश्चात उत्पन्न विसन्चोका बीच काडमाडौंमा उपचारत उनको बुधबार साँझ निधन भएको हो ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार कोभिड नेगेटिभ आएपछि पनि उहाँको फोक्सोमा संक्रमण देखिएको थियो । काठमाडौंको ग्राण्डी अस्पतालमा फोक्सोको संक्रमणको उपचार गराउँदै गर्दा पुनः मृगौलामा समस्या देखियो । २०२३ साल साउन १३ गते पोखरा १० रामघाटमा जन्मेका तिमिल्सिनाको साउन २० गते निधन भयो ।

तिमिल्सिना पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यका साथै पोखरा भाँडा व्यवसायी समितिका पूर्वअध्यक्ष एवं अन्य विभिन्न सामाजिक संघ÷संस्थामा क्रियाशिल थिए । पोखरा उद्योग उद्योग वाणिज्य संघले कार्यसमिति सदस्यको निधनमा गहिरो शोक व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।आदर्श समाजको सहयोगमा

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...