आजबाट विद्युतीय खोप प्रमाणपत्र पाउन सकिने, कसरी लिने सेवा

काठमाडौं साउन २१

सरकारले अनलाइनबाट पनि विद्युतीय खोप प्रमाणपत्र उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागबाट उपलब्ध हुने क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्र प्राप्त गर्न अनलाइनमा गएर मागिएको विवरण भरेर आवश्यक कागजात अपलोड गर्नु पर्नेछ ।

आजबाट यो सेवा सुरु भएको विभागले जनाएको छ । मा गएर मागिएको विवरण अपलोड गर्नुपर्ने छ ।

https://vaccine.mohp.gov.np/public-request-form

अनलाइन सेवा लिन नसक्नेहरुका लागि आजदेखि ९बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शनिबार समेत० राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गएर सेवा लिन सकिने छ ।

आवश्यक कागजात

सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइज फोटो, राहदानीको छाया कपी, खोप कार्डको छाया कापी, कबुलियतनामा यो अनलाइनबाट डाउनलोड गर्न सकिने छ भने फारम भर्ने स्थानमा पनि उपलब्ध हुनेछ ।

तीनदिनभित्र विदेश जानेहरुका लागि थप कागजातहरु भिसाको छाया कपी, टिकटको छाया कपी पेश गर्नुपर्ने छ ।

यसैबीच, कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र लिन सकस भएपछि सरकारले सबै जिल्लाबाट प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

बुधबार स्वास्थ्य सेवा विभागले ७७ वटै जिल्ला अस्पताललाई पत्र पठाएर त्यहीँबाट खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको जनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...