एक पान नम्बर बराबर न्यूनतम एक खोप उपलब्ध गराउन प्रदेशबासी उद्योगी व्यवसायीको माग

अनलाइन अन्नपूर्ण पोखरा २०, साउन

गण्डकी प्रदेशका उद्योगी व्यवसायीहरुले एक पान नम्बर बराबर एउटा कोरोना बिरूदको खोप उपलब्ध गराउन माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहित मन्त्रीहरुलाई बधाई ज्ञापन कार्यक्रममा सहभागी प्रदेशका उद्योगी तथा व्यवसायीहरुले उक्त माग गरेका हुन् ।

अग्रपंक्तिमा काम गर्नेहरु र सेवा अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुले कोरोना बिरूद खोप लगाउदै आउने क्रममा निजी क्षेत्रले कोरोना विरुद्धको खोप नपाएकोमा गुनासो गदै पान नम्बर लिएकाहरुलाई कम्तीमा पनि एउटा खोप उपलब्ध गराउन व्यावसायिहरूले माग गरेका हुन् । व्यवसायिहरूले आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन्।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दामु अधिकारीले निजी क्षेत्रलाई सरकारले खोप उपलब्ध गराउने बिषयमा उपेक्षा गरिएको गुनासो गरे । तनहुँ शुक्ला गण्डकी उघोग बाणिज्य संघका हरिकुमार श्रेष्ठले एक पान बराबर एक खोप उपलब्ध गराउन माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोकर्ण कार्कीले निजीक्षेत्रलाई अब पनि खोप उपलब्ध नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोरोनाले गर्दा लकडाउनमा ठप्प भएको सेवा मुलक व्यवसाय सहितका अन्य क्षेत्रमा कर मिनाह गर्नुपर्ने महासंघ गण्डकी प्रदेश अध्यक्ष संवीज बहादुर कोइरालाले बताए । खोप विना पोखराको पर्यटन व्यवसाय संचालन गर्न नसकिने भएको महासंघका सदस्य एवं पर्यटन व्यवसायी सुर्य बहादुर भुजेलले बताए ।

यसैबिच, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निजी क्षेत्रलाई आवश्यक खोप उपलब्ध गराउने बिषयमा आफुहरु गम्भिर भएको बताए । कोरोना बिरुद्धको खोप उपलब्ध गराउन संघिय सरकारसंग समन्वय गर्ने बताएका उनले निजी क्षेत्रलाई लगानी मैत्रि वातावरण सरकारले तयार पार्ने जनाए । कास्की र नवलपुरमा औधोगिक क्षेत्र स्थापना गर्न खोजे पनि जग्गाको कारणले गर्दा काम अघि बढ्न नसकेको मुख्यमन्त्री पोखरेलको भनाई छ । वन मन्त्रालय देखि कानुनि जटिलताले गर्दा आफुहरुले छिटो छरितो ढंगले काम गर्न खोजे पनि समस्या आएको उनले जनाए ।

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले लकडाउनको समयमा संचालन नभएका व्यवसाय देखि सेवा मुलक क्षेत्रको कर मिनाह गर्ने बिषयमा छलफल गरेर उचित निर्णय लिने जनाए । प्रदेशको पुंजिलाई उचित ढंगले प्रयोग गर्न सके र श्रोतको समेत पहिचान गर्नु पर्ने उनको भनाई थियो। योजानहरुको प्रथामिकिकरणसंगै प्रदेशमा लगानी सम्मेलन गर्न आवश्यक भएको मन्त्री बरालले जनाए ।

प्रदेशका पर्यटन उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्माले गण्डकी प्रदेशका पर्यटन सहित अन्य व्यवसयाीलाई खोप उपलब्ध गराउने बताए । प्रदेशमा हाल उद्योग र उत्पादन तर्फ भन्दा पनि व्यापारमा नै केन्द्रित भएको मन्त्री शर्माको दाबी छ ।

प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले ठुला व्यपारीले कार्टेलीङ गर्दा साना व्यपारी मारमा परेको दाबी गरे । साना व्यापारीको प्रबद्र्धन विना देशको विकास हुन नसक्ने उनको बुझाई थियो ।

स्वास्थ्य तथा जनङख्या मन्त्री मधुमाया अधिकारी गुरुङले मनाङ र मुस्ताङमा प्रदेशकै पहिलो खोप पुर्ण जिल्लाको रुपमा घोषणा गरिएको बताइन्। कास्कीमा १८ बर्ष माथिका उमेर माथिका सवैलाई प्रथामिकताको आधारमा खोप उपलब्ध गराउने उनले जनाइन्।

भूमि व्यबस्था कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले गण्डकी प्रदेशमा अब कृषि पर्यटनको सम्भावनाको खोजी गर्नुपर्ने बताए । अनउत्पादन क्षेत्रमा पुजि लगानी भएको उनको भनाई थियो । कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले निजीसंग सहकार्य गरेर सरकार अघि बढ्नु पर्ने बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...