हेमजामा ६ क्युन्टल गाँजा नष्ट

हेमजा, २० साउन

सामुदायीक सेवा केन्द्र एवं सामुदायीक प्रहरी सेवा हेमजाको आयोजनामा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा बुधबार ६ क्युन्टल गाँजा नष्ट गरिएको छ ।

वडा न. २५ का वडा सदस्य दलबहादुर कुँवर लगाएत समितिका पदाधिकारी, अस्थायी प्रहरी बिट हेमजा र स्थानिय बासिको सहभागितामा हेमजाको झिझिर्कामा भएको गाँजा फडानि गरिएको हो । लागु औषध निउनिकरणको लागि गाँजा फडानी गरिएको वडा सदस्य दलबहादुर कुँवरले बताए । स्वच्छ समाज निर्माणको लागी गाँजा फडानि गरिएको र यसलाइ निरन्तरता दिने उनको भनाइ छ ।

समाजमा बिभिन्न घटना घटेको र आगामि दिनमा घटना घट्न नदिनको लागि लागु औषध निउनिकरण गर्न आवसेक भएको वडा सदस्य दलबहादुर कुँवरले जनाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...