सानिमा लाइफ इन्स्योरेन्सकोे शेयर निष्काशन तथा बिक्री खुल्ला

काठमाडौं, २० साउन

पछिल्लो समयमा आइपीओप्रति लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । यो संख्या अहिले करबि २१ लाख पुगेको छ । कुनै पनि आइपीओ खुलाउनु अघि नै चियोचर्को गर्ने लगानीकर्ताहरु खुलेपछि ह्वात्तै लगानीका लागि झुम्मिने गरेका छन् । जसको कारण मागभन्दा कयौं गुणा आवेदन पर्ने र कतिको हात रित्तै हुने अवस्था पनि कायम रहेको छ ।

यसैमा लगानीकर्ताहरु भन्छन्, भाग्यमा भए शेयर पर्छ । पछिल्ला दिनहरुमा शेयर पर्नेहरुको हकमा साधारण शेयर कम्तिमा पनि १० कित्ता पर्ने गरेको छ ।

यसैबीच सानिमा लाइफ इन्स्योरन्सले आजदेखि साधारण शेयर निष्काशन तथा बिक्रीका लागि खुल्ला गरेको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जो चुक्ता पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशत हो ।

उक्त आइपीओमध्ये ३ लाख कित्ता शेयर कर्मचारीका लागि रहेको छ भने ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको छ । त्यसबाट बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताहरुले छिटोमा साउन २४ गतेसम्म र ढीलोमा भदौ २ गतेसम्म आवेदन दिन पाउने भएका छन् । लगानीकर्ताहरुले घटिमा १० कित्ता र बढीमा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदनका लागि सिआस्वा अनुमति लिएका बैंक तथा वित्तीय संस्थाहरु र मेरो एपबाट पनि आवेदन दिन सकिने भएको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन तथा बिक्रीपछि चुक्ता पूँजी २ अर्ब नाघ्ने भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ भने प्रत्याभूतकर्ता सिद्धार्थ क्यापिटल रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...