पोखरामा मोटरसाइलक चोरी गर्ने पक्राउ


पोखरा साउन १९
पोखराको सडमा पार्किङ गरेर राखेको अबस्थमा मोटरसाइकल चोरी गर्ने २ जना लाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा १३ मियाँपाटनमा काजीमान श्रेष्ठको पर्किङ गरि राखेको ग४ प ४६४२ नम्बरको पल्सर बाइक चोरी गर्ने प्रकास पोख्ररेल र धिरज सुनार लाई पक्राउ गरिएको हो । उनिहरुलाई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै चेकजाच र निगरानी गर्ने क्रममा पोखर १७ का नारायण थिङले चाएको लु ३८ प ८७५६ नम्बरको बुलेट बाइक चेकजाचको क्रममा आबश्यक कागजाज नभेटिएकोले थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रहरी प्रबक्ता एबम सुचना अधिकारी सुबास हमाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...