पोखरामा मेरो मनमा चीन विषयक चित्रकला प्रतियोगिता

पोखरा, १९ साउन
‘मेरो मनमा चीन’शीर्षकमा पोखरामा चित्रकला प्रतियोगिता आयोजना भएको छ ।
नेपालको लागि जनवादी गणतन्त्र चीनको राजदूतावासद्धारा आयोजित तथा नेपाल चीन जनमैत्री संघ,पोखराको संयोजनमा प्रतियोगिता आयोजना भएको हो ।


प्रतियोगितामा कास्कीका विभिन्न प्राथमिक तथा माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले भाग लिएका थिए । प्रतियोगितामा कास्की मोर्डनाइज्ड स्कूलकी सिन्जल पुन पहिलो,कुमुदिनी होम्सकी अविशा पालिखे दोस्रो,कुमुदिनीकै सुहाना गुरुङ तेस्रो र पश्चिमाञ्चल एकेडेमीकका श्याम शर्माले सान्त्वना पुरस्कार स्थान प्राप्त गरे ।

उनीहरुलाई क्रमशः १०,८÷८ र ६ हजार नगदसहित सम्मानित गरियो । प्रतियोगी विद्यार्थीहरु अध्ययनरत विद्यालयलाई थप शैक्षिक सामग्री पनि प्रदान गरिएको नेपाल चीन जनमैत्री संघ,पोखराका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । विद्यार्थीहरु कलाका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा समेत सामेल हुन् भन्ने हेतुले ती सामग्री दिइएको उनले बताए । चीनले जनस्तरमै सम्बन्ध बिस्तार गर्ने उदेश्यले यस्ता प्रतियोगिताहरु आयोजनामा ध्यान दिएको पनि उनको भनाइ थियो ।


विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै प्राज्ञ तथा कलाकार रमेश श्रेष्ठले चित्रकलाकै माध्यमबाट जीवन बाँच्न सकिने भएकाले यो सिर्जजनशीलता मात्रै नभएर पेशा पनि बन्न सक्ने बताए ।
‘हाम्रो पालामा चित्र कोर्नेहरुलाई हेरेर परिवारका मान्छेले यो बिग्रियो भन्थे’,उनले पुराना दिन सम्झँदै भने,‘ तर, म यही पेशाले बाँचेको छु, राम्रो चित्र बनाउने मान्छे चित्र बनाएरै बाँच्न सक्छन् ।’ चित्रकारितालाई विशेष महत्व दिएकाले आउँदो १० वर्षमा चीन संसारकै प्रमुख कला केन्द्र बन्ने उनले अनुमान लगाए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...