मैलुङखोला जलविद्युत कम्पनीको आइपीओमा आवेदनका लागि आज अन्तिम मौका

काठमाडौं, १८ साउन

मैलुङखोला जलविद्युत कम्पनीको आइपीओमा आवेदन दिने सोमबार अन्तिम मौका रहेको छ । कम्पनीले साउन १४ गते सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ दरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो ।

कम्पनीले २ प्रतिशतले हुने १४ हजार ७२६ कित्ता शेयर कर्मचारीको लागि तथा ५ प्रतिशतले हुने ३६ हजार ८१४ कित्ता शेयर साम्हिक लगानी कोषका लागि छुट्याएको छ । त्यसबाट बाँकी रहेको ६ लाख ६८ हजार ७४६ कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताहरुले न्यूनतम १० देखि बढीमा १ लाख कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् । यसका लागि सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु, तोकिएका शाखा कार्यालय वा मेरो शेयर एपबाट पनि आवेदन दिने सकिने छ ।

२९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ चुक्ता पूँजी रहेकोमा शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्ने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिदार्थ क्यापिटल रहेको छ । यसको प्रत्याभूतकर्ता सनराईज क्यापिटल रहेको छ । कम्पनीको आइपीओमा आईतबारसम्म १७ लाख ७६ हजार ७११ निवदेनले २ करोड ४१ लाख ६३ हजार ४८० कित्ता शेयरका लागि दिएका बताईएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
LIVE OFFLINE
track image
Loading...