स्याङ्जामा घरगोठ भत्किदा बालिकाको मृत्यु एक बालक घाईते

असार १६, स्याङ्जा

अस्तिदेखिको बर्षाका कारण बिहीवार विहान स्याङ्जामा एउटा घर भत्किदा एक बालिकाको मृत्यु भएको छ भने अर्का बालक घाईते छन।

गल्याङ नगरपालिका १० पक्वादी स्थित डुविनडाँडाका ढाकाराम भट्टराईको घर भत्किदा उनका १५ बर्षिया छोरी रेखा भट्टराई र १६ बर्षिय लक्ष्मीकान्त भट्टराई घाईते भएका थिए।

घाईते बालबालिकालाई उपचारका लागि गल्याङ अस्पताल ल्याउदै गर्दा रेखाको बाटोमा मृत्यु भएको अस्पतालले जनाएको छ। घाईते लक्ष्मीकान्त भने खतरामुक्त रहेको बताइएको छ। उनको नगर अस्पतामै उपचार भैरहेको छ। साथै, एउटा लैनो भैंसी र २ वटा बाख्रा समेत मरेका छन्।

बिहान ५ बजेतिर घर भत्केको स्थानीयको भनाई छ। आमा बाबा र एक भाई उठेर घरबाहिर कामधन्दामा लागेकाले उनीहरु सकुशल रहे भने घरभित्र सुतेका बहिनी र दाजु भने घाईते भएको प्रहरीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published.

Back to top button
WP Radio
WP Radio
OFFLINE LIVE