मनसुन सक्रिय, आज पनि पानी पर्ने

सतर्क रहन आग्रह

मौसम 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनी न्यून चापिय रेखा औसत भन्दा उत्तर तिर ( नेपालको दक्षिणी भु-भाग नजिक) रहेको छ।

हाल मौसमको अवस्था           

 देशभर सामान्य देखि पुर्ण बदली रहि धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

२०७९ असार १५ गते (बुधबार)

दिउँसो:  देशभर सामान्य देखि पुर्ण बदली रहनेछ ।  देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा  र कर्णाली प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै मधेश प्रदेश, बाग्मती प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

स्राेत : माैसम पूर्वानुमान महाशाखा

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button
WP Radio
WP Radio
OFFLINE LIVE