नारायण शर्मा, नवलपरासी/२६ जेठ। रास्वपा नवलपुरको सभापतिमा दोमन भण्डारी निर्वाचित भएका छन्। उनले १४२ मत ल्याएर बिजयी भएका थिए भने प्रतिस्पर्धि गोकुल सापकोटाले १३९ मत प्राप्त गरेका थिए ।

मंगलवार बिहान घोषणा गरिएको मत परिणाम अनुसार उपभापतिमा जगबहादुर राना, सचिवमा बिष्णुकंडेल, सहसचिव देबबहादुर परियार, सदस्यहरुमा यमकला पाण्डे, सुमित्रा नेपाल, सिता भुसाल, भागिरथा घर्तिमगर, भोजनारायण श्रेष्ठ निर्वाचित भएका छन्। यहाँको जिल्ला कार्यसमितिको सबै पदमा निर्वाचन भएको थियो ।

७ सय ५६ मतदाता रहेको नवलपुरमा सोमवार अबेर सम्पन्न मतदानमा ४ सय ३३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0