
काठमाडौं, १९ असोज । साताकाे सुनचाँदीकाे काराेबार हुने पहिलाे दिन आज आइतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीकाे भाउ बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रुपैयाँ ७ हजार ४ सयले बढेकाे छ । चाँदीमा रुपैयाँ १२० ले बढेकाे छ ।
बडादशैपछि खुलेको बजारमा यसदिन एकैपटक भाउमा भारि बृद्धि हुँदा एेतिहासिक रेकर्ड कयम भएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३० हजार ६०० रुपैयामा कारोबार भईरहेको छ । गएकाे असोज १२ गते छापावाला सुन प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसदिन चाँदीकोमा रुपैयाँ १२० ले भाउ बढेर ताेलाकाे २ हजार ९३० रुपैयाँमा कारोबार भईरहेको छ । गएकाे असोज १२ गते चाँदी ताेलाकाे २ हजार ८१० रुपैयामा काराेबार भएकाे थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1























