सोमवार पोखरामा आयोजित पत्रकार सम्मेलन

सबिन रेग्मी, माघ १७
पाँचौ सामुदायिक बिद्यालय स्तरीय सृजना कप भलिवल प्रतियोगिता फाल्गुन १६ देखी १९ गते सम्म हुने भएको छ ।
सृजना बिकास केन्द्र पोखरा र कास्की जिल्ला भलिवल संघको संयुक्त आयोजनामा हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक बिद्यालयका छात्र,छात्राले मात्र भाग लिन पाउने मंगलवार पोखरामा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

प्रतियोगितामा कक्षा १२ सम्मका बिद्यार्थीहरुले मात्र भाग लिन पाउने र ५० टिमाको सहचभागिता रहने संयोजक मिन प्रसाद भट्टराईले बताए।प्रतियोगिताको उपाधि बिजेता छात्र,तथा छात्रा दुबै तर्फको बिजेताले रु एक,एक लाख तथा उपबिजेताले समान साठि,साठि हजार र तृतीय हुने पैतिस ,पैतिस हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगितामा सर्बोत्कृष्ट छात्र तथा छात्रा दुबै खेलाडिले पाँच,पाँच हजारको साथमा ट्रफि र अन्य बिधाहरुमा वेष्ट स्पाइकर,बेष्ट ब्लकर,बेष्ट डिफेन्डर,बेष्ट सर्भरले एक,एक थान भलिवल प्राप्त गर्ने छन् । त्यस्तै बेष्ट प्रशिक्षकले रु पाँच हजार प्राप्त गर्ने सहसंयोजक लेखनाथ लम्सालले बताए ।पोखरा रंगशालाको भलिवल टे«निङ सेन्टरमा आयोजना हुने प्रतियोगिता मा करिब ११ लाख खर्च लाग्ने र प्रतियोगिता बाट १२ लाख ५० हजार आम्दानी गरि १ लाख ५० हजार रुपैँया बचत हुने संयोजक भट्टराईले बताए।२०३७ सालमा स्थापित सृजना बिकास केन्द्रले महिला,बालबलिका,शिक्षा ,स्वाथ्य र खेलकुदको क्षेत्रमा काम गदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0