पोखरा, १४ माघ
अमेरिकन रोटरी क्लव हुड साइड पोथला भ्याली र द रोज फाउन्डेशनको आर्थिक सहयोगमा गण्डकी प्रदेश अन्तरगर्तका १४ वटा सरकारी बिद्यालयलाई इ लर्निङ बक्स ९लुमा डिभाइस० बितरण गरिएको छ ।
शनिवार पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामग्री पोखरा महानगरपालिकाका ११ ओटा बिद्यालय, तनहुँ, पर्बत र बाग्लुङको बिद्यालएको लागि एक, एक वटाको दरले बितरण गरिएको कार्यक्रम संयोजक एवं रोटरी क्लव पोखराका पूर्व अध्यक्ष मीनु श्रेष्ठ कुवँरले जानकारी दिइन् ।
कार्यक्रममा रोटरी क्लव अफ पोखरा मार्फत टेक्नीकल सहयोग, लुन, इआर डिसिएन, शिक्षा तथा मानव स्रोत साधन र शिक्षा विकास तथा समन्वय कार्यालय कास्कीले सहयोग गरेका थिए ।
उक्त सामग्री शिक्षा विकास तथा मानव स्रोत साधन काठमाडौंका चुडामणि पौडेल, पाठ्यक्रम बिकास केन्द्रका बैकुन्ठ अर्याल, शिक्षा बिकास तथा समन्वय इकाई कास्कीका नारायणप्रसाद सुवेदी, क्षेत्रीय निर्देशनालयका अम्विका अर्याल, रोटरी क्लवका पूर्व डिष्ट्रिक गर्भनर किरणलाल श्रेष्ठ लगाएतले सो सामग्री विद्यालयका प्रध्यानाध्यापकहरुलाई हस्तान्तरण गरेका थिए ।
“बिज्ञान र प्रबिधिको बिकाससगैँ शिक्षाको क्षेत्रमा र बिद्यालयमा प्रभावकारी आधुनिक शिक्षासगैँ अगाडि बढ्नु पर्छ” भन्ने उद्धेश्यले उक्त डिभाइस बितरण गरिएको संयोजक कुँवरले बताइन् । डिभाइस चलाउनको लागि यस अगाडि ४ दिन तालिम समेत दिइएको थियो ।
उक्त डिभाइस अब गोरखा र लमजुङका स्कुलमा समेत बितरण गरिने कुँवरले जानकारी दिएकी छन् । कार्यक्रम रोटरी लिटे«सी अन्तरर्गत सञ्चालन भएको हो ।
