पोखरा माघ १२
गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुमाझ प्रस्तुत भएको मन्त्रालयगत ब्रिफिङमा मुख्यमन्त्री खगराज अधिकारीले सुझाव तथा निर्देशन दिएका छन् । आज बसेको गण्डकी प्रदेशको मन्त्रीमण्डलको बैठकमा मुख्यमन्त्री अधिकारीले विविध निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री अधिकारीले प्रदेशमा सुशासन कायम गर्न भाषण र नारामा सिमित नराखि काम गर्न मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् । पूँजिगत खर्च बढाउन, चालु खर्च घटाउन, अनावश्यक चालु खर्च घटाई पूँजीगत बजेट र खर्चको बढोत्तरीमा लाग्न समेत मुख्यमन्त्रीले निर्देशन गरेका छन् ।

त्यसैगरि आर्थिक ऐन, नियम तथा कार्यविधिहरुको पूर्ण पालना गरी पुराना बेरुजुहरु फछ्यौट गर्न एवम् नयाँ बेरुजु हुन नदिने तर्फ विशेष पहल गर्न पनि अधिकारीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् र साथै प्रदेश गौरवका आयोजना सम्पन्न गराउन तदारुकताका साथ काम गर्न सबै जिम्मेवारीका साथ लाग्न उनले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0