गण्डकी प्रदेशका नवनियुक्त प्रदेश मन्त्रिपरिषदका मन्त्रीहरु मङ्गलबार शपथ ग्रहण कार्यक्रम पश्चात प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग सामुहिक तस्बिर खिचाउँदै । तस्बिरः कृष्ण दवाडी/रासस

पोखरा माघ १०
गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरी कार्यविभाजन गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले आज तीन मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार तथा यसअघि नियुक्त मन्त्रीको कार्यविभाजन गर्नुभएको हो ।

नेकपा ९एमाले० का दुई र नेकपा९माओवादी केन्द्र० का एक मन्त्री थपिनुभएको हो । यससँगै गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री अधिकारीले नेकपा ९एमाले० बाट रोशनबहादुर गाहा आन्तरिक मामिला तथा कानुनमन्त्री र बेदबहादुर गुरुङलाई कृषि, ऊर्जा र जलस्रोतमन्त्रीमा नियुक्त गर्नुभयो । यसैगरी माओवादीबाट रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि मन्त्री नियुक्त हुनुभएका माओवादीका हरिबहादुर चुमानले भौतिक, पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
यसैगरी नेकपा९एमाले० का सीताकुमारी सुन्दास आर्थिक मामिला र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्यमन्त्री नियुक्त हुनुभएको छ । नवनियुक्त मन्त्रीहरुले आज साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष पद तथा गोपनीयताको शपथ लिनुभयो ।

गण्डकीमा यसअघि १२ मन्त्रालय रहेकामा मन्त्रालय सङ्ख्या घटाएर सातमा झारिएको छ । मुख्यमन्त्री अधिकारीले मन्त्रिपरिषद् विस्तार र कार्यविभाजन तोक्नुअघि प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौँमा परामर्श गर्नुभएको थियो । अधिकारी गत पुस २५ गते गण्डकीको मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0