नारायण पौडेल, पोखरा ८ माघ
नेपाल बैंक कर्मचारी संघको गण्डकी प्रदेश भेला आइतवार पोखरामा सम्पन्न भएको छ । संघका केन्द्रिय अध्यक्ष नबराज लम्सालले बैंकको हित लाई सर्वोपरि राखी सम्पुर्ण कर्मचारीहरु काममा लाग्नु पर्ने बताए ।
उनले बैंकले पनि कर्मचारीहरुको हक हितको सन्दर्भमा सदैव कर्मचारी टे«ड युनियन सगँ हातेमालो गर्दे अगाडि बढ्नुपर्नेमा जोड दिए । प्रदेश कार्यलयका बिशेष कमिटि अध्यक्ष सुदिप पन्तले बैंकको उद्धेश्य र लक्ष्य प्राप्तीमा कर्मचारी सदैव अनुसासित भएर आफ्नो दाईत्व बोध गर्न तर्फ लाग्नु पर्ने बताए।
गण्डकी प्रदेश कमिटि अध्यक्ष ध्रुव पौडेलले युनियनले प्रद्धत अधिकार प्राप्तीको लागि आवाज उठाउन पछि पर्न नहुने बताए। कार्यक्रममा कर्मचारी संघका केन्द्रिय सदश्यहरु,सभासदहरु ,गण्डकी प्रदेश अन्तरर्गत रहेका नेपाल बैंक कर्मचारी संघका बिभिन्न जिल्ला कमिटि पदाधिकारीहरु तथा प्रदेश कमिटिका पदाधिकारी लगाएत गण्डकी प्रदेश अन्तरर्गत रहेका बैंकका शाखामा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गण्डकी प्रदेश कमिटि अध्यक्ष ध्रुव पौडेलको अध्क्षयतामा भएको कार्यक्रमको सञ्चालन अमृत सुबेदीले गरेका थिए ।
