पोखरा माघ ५
पोखरामा दृष्टि सबैको अधिकारू भन्ने मुल नाराका साथ नेत्रदान श्रेष्ठदानू कार्यक्रम हुने भएको छ । हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोग र दृष्टि आँखा अस्पतालको विशेष सहयोगमा पोखरा न्युज नेटवर्क प्रालिको आयोजनामा यही माघ ७ गते शनिवारमा दिन पोखराको चिप्लेडुङ्गा स्थित विपि चोकमा विहान ८ बजेदेखि कार्यक्रम सञ्चालन हुने भएकाले दान गर्न ईच्छुक हरकोहीले उक्त कार्यक्रममा उपस्थित भई प्रतिबद्धता पत्रमा दस्तखत गर्न सकिने आयोजकले जनाएको छ ।
नेपालमा सर्वप्रथम नेपाली नागरिक कै दान गरिएको आँखा नभै विदेशबाट कर्निया आँखाको नानीलाई ढाकेको पारदर्शी झिल्ली० ल्याएर प्रत्यारोपण गरिएको थियो । यो क्रम सुरुका ६ वर्ष सम्मै चलेको र त्यसपछी बल्ल देशमा नेत्रदानको सुरुवात भएको थियो नेपालमा हालसम्म मृत्यु पश्चात् नानी झिक्न दिएका १० हजार ६१७ दानीका आँखाले १० हजार ३७८ भन्दा बढीले संसार देख्न पाएका छन् ।
अहिलेसम्म नानी दिन्छु भनेर हस्ताक्षर गर्नेको संख्या नेपालमा ८० हजार १५० जना भन्दा बढी रहेको छ र आजकल क्रमशः दाता र प्रत्यारोपणको संख्या बढ्दै गएको छ । प्रत्यारोपण थालिएको सुरुका तीन वर्षमा देशभित्रबाट ४४ नानी मात्रै दानमा प्राप्त भएका थिए । यद्यपि, अहिले पनि मागअनुसार नानी संकलन भने हुन सकेको छैन ।
बीचमा केही वर्ष प्रभावित भएको प्रत्यारोपण सेवा ०६८ पछि पुनः नियमित भएको हो । नेपालमा बर्सेनि करिब आठ हजार नानीको माग छ । तर, दानको घोषणा गरेकाको मृत्युपछि परिवारका सदस्यले सम्पर्क नगर्दा न्यून मात्रै संकलन भइरहेको छ । दान गर्छु भनेर सहमति जनाउनेभन्दा बाहिरबाट बढी नानी संकलन भएका छन् । नेपालमा रक्तदानपछिको ठूलो भनेकै आँखा दान हो । २०७२ साल यता क्रमशः आँखाको नानी दान गर्नेको संख्या बढिरहे पनि हाल देशभर दुई हजार दुई सयभन्दा धेरै मानिस आँखको नानी प्रत्यारोपणको पर्खाईमा छन् ।
चिकित्सकहरूका अनुसार आँखाको नानी दान सरल र सजिलो छ दानपछि आँखाको पूरै डल्लो झिक्ने होइन । मृत्युपछि आँखाको कर्निया नानी मात्रै झिक्ने हो ।
आँखाको डल्लो नै झिकेर फेर्ने प्रविधि संसारमा कहीँ छैन । गर्मी मौसममा ६ देखि आठ घन्टा र जाडोमा १२ घन्टाभित्र नानी निकाल्न मिल्छ । अझ शवलाई चिस्यानमा राखिएको भए २४ घन्टासम्म पनि निकाल्न सकिन्छ । आँखाको नानीमा रक्तसञ्चार हुँदैन । त्यसकारण जसको आँखा जसलाई दिए पनि हुने हुनाले नेत्रदानको महत्व सारा आमनागरिकलाई बुझाउन जरुरी छ ताकी नष्ट भएर जाने आँखाको माध्यमले अरु कसैले संसार देख्न सकुन ।
नेत्रदानको अर्को महत्त्वपुर्ण पाटो भनेको एक जनाको आँखाले चार जना सम्मले हेर्न मिल्छ किन भने आँखाको नानी एउटा पत्र हो । त्यसमा पनि बाहिरी र भित्री पत्र हुन्छ । भित्री पत्र मात्रै बिग्रिएको भए भित्री मात्रै निकालेर प्रत्यारोपण गरिन्छ । बाहिरी पत्र बिग्रिएको भए बाहिरी पत्र मात्रै प्रत्यारोपण गर्ने गरिन्छ ।
‘यसरी आवश्यकता हेरेर कहिलेकाहीँ एकजनाबाट प्राप्त नानी चारजनालाई पनि प्रत्यारोपण गर्न सकिन्छ त्यसैकारण यस प्रकारको पुण्य कार्यमा नागरिक स्तरबाटै जानकार हुन आवश्यक रहेको छ भने प्रभावकारी जनचेतनाका लागि देशैभरका विभिन्न संघसंस्था देशका तिनै तहका सरकारका तर्फबाट प्रभावकारी र उल्लेखनीय जनचेतनामुलक कार्यक्रम तथा अभियान सञ्चालन गर्न आवश्यक रहेको छ ।
