गण्डकी प्रदेशको सभामुख पदमा निर्वाचित भएपछि अभिवादन गर्दै कृष्ण प्रसाद धिताल प्रदेशसभामा भवनमा । उहाँ सत्ता गठबन्धनबाट शनिबार सभामुख निर्वाचित हुनुभएको हो । तस्बिर ः कृष्ण दवाडी,रासस

पोखरा पुस ३०
गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा ९माओवादी केन्द्र० का कृष्णप्रसाद धिताल निर्वाचित हुनुभएको छ । उहाँले ३२ मत पाउनुभयो ।

गठबन्धनका उम्मेदवार धिताललाई नेकपा ९एमाले०का २१, नेकपा ९माओवादी केन्द्र० का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेशसभा सदस्यको साथ रहेको थियो । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उहाँले २६ मत प्राप्त गर्नुभयो ।

सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिनुभएको थियो । नेकपा९एमाले०बाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गर्नुभएकाले मतदानमा भाग लिनुभएन भने नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहनुभयो ।

सभामुखमा निर्वाचित हुनुभएका धितात मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ ९१० बाट प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । उहाँ नेकपा९माओवादी केन्द्र० को केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुनुहुन्छ । सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा९एमाले०ले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा ९एमाले० का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । गण्डकी प्रदेशसभामा ६० सदस्य छन् । प्र्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0