पोखरा । रोश्मा डिम्डुङ्ग तामाङ्ग अहिले पिसिएल नर्सिङ्गमा दोश्रो बर्षमा अध्ययनरत छिन् । फेवासिटीमा चिकित्सा विज्ञानको अध्ययन चापलाई एकैछिन भएपनि थाँती राख्दै उनी मिस तामाङ्ग पोखरा २०२३ को प्रतिस्पर्धीका रुपमा आफुलाइृ उभ्याएकी छिन् ।
नाच्ने, गाउने, गीत संगीत सुन्ने, कविता सुन्ने रुचीका विषयमा समावेश गर्ने रोश्मा भविष्यमा सफल नर्स बन्न चाहन्छिन् । तामाङ्ग समुदायको बारेमा जान्ने उत्कुसकताले यो प्रतियोगिता सम्म ल्याइपुर्याएको उनलाई पब्लिक स्पिकिंग प्रति पनि लगाव छ । व्यक्तित्व विकासका लागि स्वअध्ययन अनि कितावी ज्ञान भन्दा बाहिरका विषयमा पनि जानकार हुनपर्छ भन्ने मान्यता राख्ने उनी कामलाई पुजाका रुपमा हेर्नुपर्ने विचार राख्छिन् ।
आमालाई जीवनको केन्द्रमा राख्न रुचाउने उनी मानिस भएर मानवियताका लागि जीउनु पर्ने कुरामा विश्वास गर्छिन् ।
मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ १ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने प्रतियोगिताको ग्राण्ड फिनाले पोखरा सभागृहमा आँउदो आइतबार हुने भएको समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिनुभयो । २८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको फाइनलमा १६ सहभागीले प्रतिस्पर्धा गर्नेछन् ।
सातौं संस्करण प्रतियोगितामा लक्ष्मी तामाङ्ग, रेनुका तामाङ्ग, अर्विना तामाङ्ग, जुना तामाङ्ग, निशा तामाङ्ग, विकिता तामाङ्ग, सुप्रिया तामाङ्ग, योगिता तामाङ्ग, आकृति तामाङ्ग, विपना तामाङ्ग, मनिषा तामाङ्ग, जिना तामाङ्ग, सुमित्रा तामाङ्ग, कृतिका तामाङ्ग र रोश्मा तामाङ्ग प्रतियोगीका रुपमा सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार, ताज, ट्रफी, फस्ट रनरअपले नगद ५० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन । त्यस्तै सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ पुरस्कार, ताज, ट्रफी, प्रमाणपत्र हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजारले पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक राम लामाले जानकारी दिए ।
कार्यक्रमबाट बचत रकम लेकसाइडमा समाजले निर्माण गरेको रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने समाजका अध्यक्ष ज्याक तामाङले बताए । ग्राण्ड फिनालेमा कालो चश्मा गीतका चर्चित गायिका तथा कलाकार डोल्मा ह्याल्मोले गीत गाउने छन् । कार्यक्रम गण्डकी प्रदेशको मुख्य मन्त्री खगराज अधिकारीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा कार्यक्रमको आकर्षण रहने छ ।
