फोटो : सौजन्य सुर्दशन रञ्जित

पोखरा पुस २३
२२ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज शनिबार हुँदैछ ।पोखरा रंगशालामा हुने फाइनलमा संकटा क्लब र अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल दिउँसो १स्३० बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै उपाधि उचाल्ने योजनामा रहेका छन् ।संकटा एक पटकको च्याम्पियन समेत हो । भुटनीज भन्दा दोस्रो पटकको सहभागितामा फाइनल पुगेको हो ।

संकटा समिफाइनलमा एपीएफ क्लबलाई ४(१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो ।भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १(० गोल अन्तरले हराउँदै संकटासँगको भेट पक्का गरेको हो ।

हिमश्री फुड्स प्रा। लि। को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0