पोखरा १९ पुस / अमेरिकाको भुटनीज युथ सकर क्लबले २२ औं संस्करणको आहा १ रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।
पोखरा रंगशालामा मंगलबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १(० गोल अन्तरले हराउँदै भुटनीजले अन्तिम चारको यात्रा तय गरेको हो ।
भुटनीजको जितमा प्रविन बस्नेतले निर्णायक गोल गरे । उनले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।हिमश्री फुड्स प्रा। लि। को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।
प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के। सी। स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।
