पोखरा साउन १५/ कोशिशले मनोसामाजिक अपांगता र मानसिक स्वास्थ्य प्रवर्धन गर्न गएको साउन ९ गते लमजुङको मध्य नेपाल नगरपालिकाको कार्यालयमा एक छलफल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

परियोजना बिस्तारका लागि प्रारम्भीक सम्भाव्यता अध्ययन् गर्न र पालिकाको पूर्व सहमति लिनका लागि उक्त छलफलको आयोजना गरिएको थियो । नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डेको अध्यक्षतामा बसेको छलफलमा मध्य नेपाल नगरपालिकाले मानसिक स्वास्थ्यका क्षेत्रमा गरेका प्रगति र समेट्न नसकिएका क्षेत्रहरुकोवारेमा चर्चा भएको थियो ।

नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, बडा अध्यक्षहरु, बिषयगत शाखाका प्रमुखहरुले मानसिक स्वास्थ्य कार्यक्रम आबश्यकता भएकाले सहकार्यमा कार्यक्रम संचालन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामगोद, बडा अध्यक्षहरु बिष्णु भक्त पौडेल, हिरा गुरुङ, ओम विर गुरुङ, प्रहरी नायव निरिक्षिक दिपक राना, कृषि, शिक्षा, स्वास्थ्य शाखा, योजना शाखा प्रमुुख लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0