पोखरा १८ पुस / नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२३ को वार्षिक सम्पादन भेला सोमबार पोखरामा सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीको आयोजनामा आइतबार र सोमबार गरी दुई दिन सम्म चलेको भेलामा सन् २०२२ मा भएका मानव अधिकार उल्लङ्घनका घटनाका विषयमा छलफल भयो ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले छलफल र अन्तरक्रियाले कामलाई सहज बनाउने बताए । पछिल्लो समय महिला हिंसाका घटनामा वृद्धि भएपनि सबै घटना बाहिर आउन नसकेको उनको भनाइ छ ।

सम्पादन भेलामा गण्डकी प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरुले जिल्लाको मानव अधिकारको अवस्था र चुनौतीका विषयमा जानकारी गराए ।

कार्यक्रममा इन्सेक अनलाइनका सम्पादक रमेशप्रसाद तिमल्सिनाले सहजीकरण गरेका थिए ।इन्सेकले सन् १९९२ देखि हरेक वर्ष मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0