पोखरा साउन ११/ कास्कीको माछापुच्छ्रे गाउँपालिका(९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएको छ ।
बुधवार हिजो क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयो । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उहाँको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
