पोखरा, २५ असार / राष्ट्रिय विद्यालय गण्डकी बोर्डिङ स्कुलबाट भर्खरै पास आउट भएको ब्याच कक्षा १२ ३ जना विद्यार्थीहरुले पाएको राम्रो उपलब्धिको स्कुलले हार्दिक वधाई दिएको छ ।वद्यालयको वधाई सूचनामा लेखिएको छ, “असीमित बधाई छ । हामी हाम्रा प्रतिभाशाली दिमागलाई बधाई दिन्छौं र खुसि साट्न चाहन्छौं ।
विद्यालयका प्राचार्य वीरेन्द्र खड्काले विद्यार्थी प्रकाश पन्त जापानको चिबामा हुने अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा सहभागी हुन योग्य भएको बताए । गण्डकीका उनले नेपालको प्रतिनिधित्व गदैछन् । हामी गण्डकीवासिहरू हृदयदेखि नै खुशी भएका छौं ।वधाईमा लेखिएको छ, आशा छ तपाईंले आफ्नो प्रतिभालाई पुनः एक पटक प्रमाणित गर्नुभयो र हामीलाई संस्थागत रूपमा गौरवको अनुभूति गराउनु हुनेछ । हामी तपाँईको फाइनल प्रतिस्पर्धा र सहभागिताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
विष्णु सापकोटा १६ जुलाई देखि २५ जुलाई २०२३ सम्म स्विट्जरल्याण्डको जुरिचमा हुने अन्तर्राष्ट्रिय केमिस्ट्री ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने धेरै प्रतियोगीहरू मध्येबाट राष्ट्रिय स्तरको रसायनशास्त्र ओलम्पियाड छनोटमा शीर्ष ४ मा पर्न सफल भएका छन् । विद्यालयले उनलाई अन्तर्राष्ट्रिय राउन्डको सफलताका लागि लागि शुभकामना व्यक्त गरेको छ ।
शिक्षक भमि सापकोटाका अनुसार सुदीप रोकाया राष्ट्रिय खगोल विज्ञान ओलम्पियाडको अन्तिम छनोट राउन्डमा विजेता अर्थात पहिलो स्थान पाउन सफल भएका छन् ।अगस्ट १० देखि २० सम्म पोल्याण्डमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाड इन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स आईओएए २०२३ मा नेपालको प्रतिनिधित्व गर्न छनोट भएका छन् । विद्यालयलाई उनलाई अर्को अन्तर्राष्ट्रिय राउन्डको लागि शुभकामना व्यक्त गरेको छ ।
