पोखरा २ असार/ दलित महिला जनप्रतिनिधिहरु लाई लक्षित गदै क्षमता बिकास मनोसामाजिक मानशिक स्वास्थ्य एवम् आत्महत्या रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ । दलित महिला संशक्तिकरण नेपालको आयोजना, कोशिश र सिबिएमको सह – आयोजना र पोखरा महानगरपालिका सामजिक बिकास माहाशाखाको समन्वयन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशसभा सदश्य नन्दकला परियारले धेरै आर्दशका कुरा गर्नुभन्दा शारिरक रुपमा आफु स्वस्थ भएर अरु लाई पनि सुझाव दिनुपर्नेम जोड दिनुभयो । शिक्षा तथा आर्थिकरुपमा सबल हुन सके आत्महत्या न्युनिकरण हुनेमा उहाँको धारणा रहेको थियो ।पोखरा महानगरपालिका सामाजिक महाशाखा प्रमुख बिष्णुमाया पौडेलले दलित सगँका कार्यक्रमलाई प्राथमिकता दिने बताउनुभयो ।
पोखरा महानगरपालिका स्वास्थ महाशाखा अन्तरर्गत मानसिक स्वास्थका फोकल पर्शन दिपेन्द्र सुनारले मानिस शारिरिक र मानसिक रुपमा मानिस स्वस्थ हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा प्रशिक्षण दिदै कोशिशका मनोबिद् बिजय राईले मनोसामाजिक सुस्वास्थ तथा मानसिक स्वास्थको बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो ।कोशिशका परियोजना संयोजक सुदिप घिमिरेले मनोसामाजिक स्वास्थ र आत्महत्या रोकथाम सम्बन्धी सचेतना आवश्यक रहेको बिचार राख्नुभयो ।
कार्यक्रममा कार्यपालिका सद्स्य हरिमाया बिश्वाकर्मा, मन्दिरा परियार ,फेडोका कास्कीका अध्यक्ष लक्ष्मी खाती, जिल्ला समन्वय समिति कास्कीका सदश्य सिता बिश्वकर्माले लगाएतले बोल्नुभएको थियो ।अभिमुखिकरणमा ३३ वाटै वडाका दलित महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।दलित महिला संशक्तिकरण नेपाल पोखरा कास्कीका अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको ।
