पोखरा जेठ ३२/ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ६७ युनिट रगत संकलन भएको छ ।प्रतिष्ठानले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष, वर्तमान संरक्षक, प्राज्ञा प्रजापति पराजुलीले पहिलो रक्तदाता केन्दृय सचिब घनश्याम रिजाललाई ब्ल्ड ब्याग हस्तान्तरण गरि उदघाटन गर्नुभएको थियो।संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष राजन कार्की बताउनुभयो ।कार्यक्रम संयोजक कृष्ण सुवेदीले सहयोगि र रक्तदाता प्रति सबैमा धन्यबाद ब्यक्त गर्नुभयो ।
कार्यक्रममा ७३ पटक रक्तदान गर्नुहुने रक्तदाता एबम् सृजना बिकास केन्द्रका अध्यक्ष कृष्ण थापा सस्थाले सम्मान गरेको हो ।कार्यक्रममा संस्थाका पूर्व केन्द्रिय अध्यक्ष,पुरुषोत्तम न्यौपाने, केन्द्रिय प्रशाशन सचिव जिवन दाहाल, केन्द्रिय सचिव घनश्याम रिजाल, केन्द्रिय सचिव शंकर बिरही गुरुङ, सह–सचिव तारानाथ आचार्य, पूर्व केन्द्रिय उप–महासचिव चोलेन्द्र पौडेल, पूर्व केन्द्रिय सदस्य तारापती सुवेदी, निवर्तमान अध्यक्ष सुरेन्द्र गुरुङ, केन्द्रिय सदस्यहरु रेशम निर्दोस, कुमार पुन, बिभिन्न जिल्लाका जिल्ला अध्यक्ष गण्डकी प्रदेशका पदाधिकारी एवं सदस्यहरु लगाएतको उपस्थिति रहेको थियो ।
