पोखरा २४ जेठ /
राष्ट्रिय दोहोरी गित प्रतिष्ठान गण्डकी प्रदेशले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।प्रदेशले अगामि जेठ ३२ गते आफ्नो नियमित कार्यक्रम तथा बिश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्न लागेको सस्थाका कोषाध्यक्ष एब्म कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिनुभयो ।
सस्थााले सामाजिक उत्तरदायित्व अन्तरर्गत रक्तदान कार्यक्रम आयोजना गरेको र कार्यक्रम बिहान ७ बजेबाट बि.पि.चोक चिप्लेढुङ्गामा हुने संयोजक सुवेदीले खुलाउनुभयो ।कार्यक्रममा प्रबिधिक सहयोग रक्त सञ्चार केन्द्रको रहनेछ । सस्थाले २०६६ साल देखि चोलेन्द्र पौडेलको कार्यकाल बाट सुरुवात गरिएको कार्यक्रम अहिले अध्यक्ष राजन कार्कीको कार्यकाल सम्म आइपुगेको हो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिस्ठानका केन्द्रिय पुर्ब अध्यक्ष बर्तमान संरक्षक कलाकार कल्याणकारी कोषका निबर्तमान अध्यक्ष प्राज्ञ प्रजापती पराजुलीको सहभागिता रहनेछ ।कार्यक्रममा सबै भन्दा धेरै पटक रक्त दान गर्ने ब्यक्ती लाई सम्मान का साथै बिबिध सांस्कृतिक कार्यक्रम रहने संयोजक सुवेदीले जनाउनुभयो ।
