पोखरा जेठ २४/ भारतिय पेन्सन बितरण कार्यालय रामबजार पोखरामा सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरुले मंगलवार नृत्य समर्पण कार्यक्रम “नृत्यान्जली” प्रस्तुत गरेका छन् ।

आजादीको अमृत महोत्सवको अवसर पारेर स्वामी बिबेकानन्द कल्चरल सेन्टर भारतीय दुतावास काठमाण्डौले पेन्सन क्याम्प पोखरामा भरतनाट्यम नृत्य प्रस्तुत गरेको हो ।कार्यक्रममा भरतनाट्यम नृत्य सृष्टिकला स्कूल अफ फाइन आर्ट्स बैंगलोरका कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तुत नृत्यको गुरु विदुषी कन्चन सत्यवन्तले निर्देशन गरेका थिए ।कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची , बिशेष अतिथि नेपाली सेना पश्चिम पृतनापति मेजर जनरल दिपककुमार बानिया र भारतीय पेन्सन कार्यालय पोखराका प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्तसिंह बघेलले कलाकारहरुलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0