पोखरा जेठ २१/
त्रिहत्तरौँ अन्नपूर्ण आरोहण दिवसका अवसरमा ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० गण्डकीको आयोजनामा आज मर्दी पदमार्गको मेलबोट–सुनाझाँक्री–देउराली–आस्ताम क्षेत्रमा हाइकिङ एवं सरसफाइ गरिएको छ।
सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मोरिस हर्जोेगले अन्नपूर्ण हिमाल आरोहण गरेको दिनको महत्त्वलाई उजागर गर्दै पदमार्ग क्षेत्रमा सरसफाइप्रति सचेतना जगाउन हाइकिङ एवं सरसफाइ आयोजना गरिएको टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।
कार्यक्रममा टानमा आबद्ध सदस्यका साथै पोखरामा क्रियाशील पर्यटन सम्बद्ध संस्था पोखरा पर्यटन परिषद् र आबद्ध संस्थाका प्रतिनिधि, सञ्चारकर्मीसहित ७५ जनाको सहभागिता रहेको उहाँले बताउनुभयो । अन्नपूर्ण आरोहण दिवसलाई प्रत्येक वर्ष विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको कार्यक्रम संयोजक एवं टान गण्डकी प्रदेशका उपाध्यक्ष दिवस लामिछानेले बताउनुभयो ।
कार्यक्रममा माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले पर्वतारोहणको इतिहास सुरु भएको अन्नपूर्ण आरोहण दिवसको विशिष्ट महत्त्व रहेको बताउनुभयो । पदयात्रा पर्यटनसहित समग्र पर्यटनको विकासलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, होटेल एशोसिएशन नेपाल९हान० पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, माछापुच्छ«े गाउँपालिका–६ का वडा अध्यक्ष टेकनाथ गौतमलगायतले आरोहणको जेठो हिमाल भएर पनि अन्नपूर्ण हिमालको आरोहण ओझेलमा परेको बताउनुभयो ।
