पोखरा, १९ जेठ/
बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा ३३ भरतपोखरीमा निःशुल्क स्वास्थ्य शिविर एवम् आँखा जाँच सम्पन्न भएको छ । शिविरमा १ सय ६० जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएको शिविर सञ्चालन समितिका सदस्य सुजन आचार्य र मनु कार्कीले जानकारी गराएका छन् । मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत विशेषज्ञ चिकित्सकहरूले जनरल मेडिसिन, छाती रोगसम्बन्धी र आँखा जाँच सम्बन्धि चिकित्सीय सेवा उपलब्ध गराएका थिए ।
समाज कल्याण परिसद स्वास्थ कोषको सहकार्यमा सञ्चालित उक्त शिविर मधुमेय तथा थाइराइढ रोग बिषेशज्ञ डा रमेशराज आचार्यले ९६ वर्षिय जेष्ठ नागरिक झम्कनाथ आचार्यको स्वास्थ्य जाँच गरेर कार्यक्रमको उद्दघाटन गरेका थिए । समाजकल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषकी सचिव सुनिता भण्डारीले जेष्ठ नागरिकहरुको उचित हेरचाह गर्नुका साथै उनिहरु सँग भएको ज्ञान सिपलाई नाति पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
शिविरमा मणिपाल शिक्षण अस्पताल पोखरा फुलबारीमा कार्यरत डा प्रविना अर्याल, डा कृष्ण आचार्य, डा रितु श्रेष्ठ, डा लक्ष्मण तिमिल्सिना, डा शम्भु सिंह, डा सुरेन्द्र के।सि। नर्स सजिना थापा, नर्स ओशिन पुर्जा र फार्मिस्ट तारा देवि राना मणिपाल शिक्षण अस्पताल सहायक बजार प्रबन्धक खिम लामिछाने लगाएतको प्रविधिक सहयोग बाट १ सय ७६ जनाभन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । साथै शिविरमा श्री शान्ति उदय माविका १सय ७५ जना छात्राछात्रहरु लगाएत ३ सय ५० जनाको आँखा जाँच समेत गरियो ।
पवित्र आमा समुह ,गैरी भञ्ज्याङ्ग काफलडाँडा बन उपभोक्ता समुह,बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र, ज्योती किरण आमा समुहले स्थानिय स्वयंसेबकको भुमिका निभाएका थिए । आउँदा दिनहरुमा पनि स्वास्थ्य शिविरलाइ निरन्तरता दिने मोती भुजेलले बताए । उक्त शिविरको सन्चालन एवम् सभापतित्व बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका सचिव मोती भुजेलले गरेका थिए ।
