पोखरा जेठ १९/
गण्डकी प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्माले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा आज आयोजित एक समारोहमा उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालत पोखराका मुख्य न्यायाधिश डिल्लीराज आचार्यले शपथ गराउनुभएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, मन्त्रीहरू, उच्च पदस्थ कर्मचारी, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । शर्मालाई बुधबार बसेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
