पोखरा १७, जेठ/
नेपाल बजार बिक्री प्रतिनिधि संघ गण्डकी प्रदेशद्वारा सहयोग सामग्री हस्तान्तरण गरेको छ ।संघले आफ्नो २३ औं वार्षिकोत्सव अवसर पारेर पोखरा २० भलाममा अवस्थित हरिहर गुफामा बुधबार खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
गुफामा रहेका बृद्धबृद्धाहरु लाई सहयोग आवश्यक रहेकाले उनीहरुलाई खाद्यान्न सहयोग गरिएको संस्थाका अध्यक्ष सुरेश सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्वामी इसानन्द योगी, संस्थापक उपाध्यक्ष बसन्तराज सिग्देल, केन्द्रीय कार्य समिति र बजारमा कार्यरत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।२०५८ सालमा स्थापना भएको संस्थाले स्थापनाकाल देखिनै वार्षिकेत्सवको अवसर परेर सामाजिक कार्य गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
+1
+1
+1
